Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली चलचित्रका वरिष्ठ अभिनेता सुनिल थापाको पोस्टमार्टमपछि अन्तिम संस्कार हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २६ २०८२
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली चलचित्र जगतका शिखर व्यक्तित्व तथा वरिष्ठ अभिनेता सुनिल थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा हृदयाघातका कारण निधन भएको छ। परिवारले मृत्युको कारण स्पष्ट हुन पोस्टमार्टमको माग गरेपछि पार्थिव शरीरलाई अन्तिम संस्कार अघि पोस्टमार्टम गरिने निर्णय भएको नेपाल चलचित्र कलाकार सङ्घले जनाएको छ।

लामो समय मुम्बईमा बसोबास गर्दै आएका थापाका परिवारका सदस्यहरू शनिबार राति १० बजे काठमाडौं आइपुगेका छन्। नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार परिवारको इच्छा बमोजिम पोस्टमार्टम सम्पन्न भएपछि मात्र अन्त्येष्टिको प्रक्रिया अगाडि बढाइनेछ। “मुम्बईबाट परिवारका सदस्यहरू आइपुग्नुभएको छ र उहाँहरूले पोस्टमार्टम गर्नुपर्ने इच्छा व्यक्त गर्नुभएको छ,” अध्यक्ष निरौलाले बताए।

नेपाली चलचित्रमा ‘खलपात्र’ लाई पनि नायककै सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले जनमानसमा लोकप्रिय थिए। ऐतिहासिक चलचित्र ‘चिनो’ मा निर्वाह गरेको ‘राते काइँला’ को भूमिकाले उनलाई नेपाली र भारतीय चलचित्र उद्योगमा स्थापित गरेको थियो।

करिब तीन दशक लामो अभिनय यात्रामा उनले नेपाली र बलिउड गरी ३०० भन्दा बढी चलचित्रमा सशक्त अभिनय गरेका छन्। काठमाडौंको शंखमुलस्थित अपार्टमेन्टमा एक्लै बस्दै आएका ७० वर्षीय थापाको निधनले नेपाली कला क्षेत्र अपूरणीय क्षति भएको विशेषज्ञहरूले बताएका छन्।

थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने तयारी भइरहेको छ। नेपाली चलचित्र जगतका कलाकार, सञ्चारकर्मी र आम दर्शकहरूले वरिष्ठ अभिनेतालाई श्रद्धाञ्जली अर्पण गर्न तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४