Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक सञ्जालमा गलत सूचना र गालीगलौज नगर्न प्रहरीको चेतावनी : निर्वाचन नजिकिँदै निगरानी कडा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २५ २०८२
  • 1.6K
    SHARES

काठमाडौँ । पछिल्लो समय युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा अत्यधिक सक्रिय भइरहेका छन् । विशेषगरी निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा राजनीतिक बहस, अभिव्यक्ति र सूचना आदान–प्रदान अझ बढेको देखिन्छ । यस्तो संवेदनशील अवस्थामा आवेगमा आएर गलत सूचना फैलाउने, गालीगलौज गर्ने वा कसैको व्यक्तिगत चरित्रहत्या गर्ने गतिविधिप्रति नेपाल प्रहरीले सचेत गराएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेका अनुसार सामाजिक सञ्जालमा भइरहेका गतिविधिमाथि उच्च निगरानी राखिएको छ । गलत सूचना, भ्रामक सामग्री वा सामाजिक सद्भाव बिगार्ने किसिमका पोस्ट सार्वजनिक भएमा कानुनी कारबाही गरिने उनले बताएका छन् । यसका लागि विशेष टोली बनाएर अनुगमन भइरहेको तथा प्रहरीको साइबर ब्यूरोले समेत सूक्ष्म रूपमा निगरानी गरिरहेको जानकारी दिइएको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल तथा अनलाइन माध्यम प्रयोग गरेर झुट्टा सूचना फैलाउने, जातीय, धार्मिक वा सामाजिक सद्भाव खलबल्याउने, अरूको चरित्रहत्या गर्ने वा शान्ति–सुरक्षामा असर पार्ने सामग्री उत्पादन तथा प्रसारण गर्नु कानुनविपरीत मानिन्छ । यस्ता गतिविधिले समाजमा भ्रम, द्वन्द्व र अस्थिरता निम्त्याउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

त्यस्तै कुनै घटना, अभिव्यक्ति, तस्बिर वा भिडियो काँटछाँट गरेर अफवाह फैलाउने उद्देश्यले प्रयोग नगर्न र त्यस्ता सामग्रीलाई लाइक, सेअर वा कमेन्टमार्फत प्रोत्साहन नगर्न पनि प्रहरीले अनुरोध गरेको छ । कानुनविपरीत सामग्री उत्पादन, प्रचार वा समर्थन गर्नु समेत अपराध हुने भएकाले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।

अनलाइनमा देखिएका कुनै पनि सूचना सेअर गर्नुअघि त्यसको सत्यता बुझ्न, आधिकारिक स्रोतबाट पुष्टि गर्न तथा समाजमा सकारात्मक डिजिटल वातावरण निर्माणमा सहयोग गर्न प्रहरीले सबैमा अपिल गरेको छ । प्रहरीको भनाइमा सुरक्षित, सभ्य र जिम्मेवार सामाजिक सञ्जाल प्रयोगले समाजमा शान्ति, सद्भाव र विश्वास कायम राख्न मद्दत पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४