काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १४४.२८ रूपैयाँ र बिक्रीदर १४४.८८ रूपैयाँ कायम गरिएको छ। युरोपियन युरोको खरिददर १७०.११ रूपैयाँ र बिक्रीदर १७०.८२ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङको खरिददर १९६.३१ रूपैयाँ र बिक्रीदर १९७.१२ रूपैयाँ तोकिएको छ।
स्वीस फ्रयाङ्कको खरिददर १८५.५५ रूपैयाँ र बिक्रीदर १८६.३२ रूपैयाँ, अष्ट्रेलियन डलरको खरिददर १०१.७३ रूपैयाँ र बिक्रीदर १०१.१५ रूपैयाँ रहेको छ। क्यानेडियन डलर १०५.४३–१०५.८७ रूपैयाँ, सिङ्गापुर डलर ११३.२८–११३.७५ रूपैयाँमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।
जापानी येन १० को खरिददर ९.१८ रूपैयाँ र बिक्रीदर ९.२२ रूपैयाँ, चिनियाँ युआन २०.७९–२०.८७ रूपैयाँ, साउदी रियाल ३८.४७–३८.६३ रूपैयाँ, कतारी रियाल ३९.५८–३९.७५ रूपैयाँ कायम गरिएको छ।
थाइ भाट ४.५५–४.५७ रूपैयाँ, युएई दिराम ३९.२८–३९.४४ रूपैयाँ, मलेसियन रिङ्गेट ३६.५५–३६.७१ रूपैयाँ, साउथ कोरियन वन १०० को ९.८४–९.८८ रूपैयाँ, स्वीडिस क्रोनर १६.०३–१६.०९ रूपैयाँ र डेनिस क्रोनर २२.७८–२२.८८ रूपैयाँ रहेको छ।
यसैगरी हङकङ डलर १८.४७–१८.५५ रूपैयाँ, कुवेती दिनार ४७२.१२–४७४.०८ रूपैयाँ, बहराइन दिनार ३८२.७१–३८४.३० रूपैयाँ, ओमनी रियाल ३७४.७८–३७६.३४ रूपैयाँ कायम गरिएको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६०.१५ रूपैयाँ रहेको छ।
राष्ट्र बैंकले तोकिएको विनिमयदर आवश्यक परेमा जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।