Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन प्रधानमन्त्री कार्कीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २३ २०८२
  • 1.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताउँदै सबैलाई ढुक्क र निश्चिन्त हुन आग्रह गरेकी छन्। निर्वाचनको तयारी निर्धारित कार्यतालिका अनुसार अघि बढिरहेको भन्दै उनले निर्वाचन समयमै हुने विश्वास व्यक्त गरेकी हुन्।

बिहीवार मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा सम्पन्न हुने बताइन्। उनले निर्वाचन दुई चरणमा हुने सम्भावना नरहेको उल्लेख गर्दै एकैदिन देशभर मतदान हुने बताइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन अवधिमा देशका सबै भूगोलमा मौसम अनुकूल रहने विश्वास व्यक्त गर्दै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने बताइन्। उनले निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा उल्लेख गर्दै सबै नागरिकलाई सक्रिय सहभागिताका लागि पनि आग्रह गरिन्।

उनले निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरिने स्पष्ट पारिन्। वर्तमान सरकारको दायित्व निर्वाचन सम्पन्न गराउनु भएको उल्लेख गर्दै त्यसपछि निर्वाचित प्रतिनिधिलाई जिम्मेवारी सुम्पिने र आफूहरू नियमित जीवनमा फर्किने बताइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “ढुक्क र निश्चिन्त हुनुस्। एकैदिनमा चुनाव हुन्छ, दुई पटक हुनेवाला छैन। तोकिएकै मितिमा चुनाव हुन्छ। मौसम पनि राम्रो रहने विश्वास छ। सबैले निर्वाध रूपमा मतदान गर्न पाउनुहुनेछ। निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरेर हामी आफ्नो घर फर्किन्छौँ।”

त्यस्तै उनले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले खेलेको भूमिकाको प्रशंसा गरिन्। निर्वाचन व्यवस्थापन, मतपत्र छपाइ तथा अन्य तयारीलाई प्रभावकारी ढंगले अघि बढाइएको भन्दै आयोगलाई धन्यवाद समेत व्यक्त गरिन्।

सरकारले निर्वाचनको सुरक्षा, व्यवस्थापन तथा आवश्यक पूर्वाधार तयारीलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ। उनले राजनीतिक दल, उम्मेदवार तथा नागरिकलाई पनि संयमित र जिम्मेवार व्यवहार गर्दै लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सहयोग गर्न आग्रह गरिन्।

आगामी निर्वाचनलाई राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण तथा विकासको दिशामा महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै निकायसँग सहकार्य गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४