Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २२ २०८२
  • 1.1K
    SHARES

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित आजदेखि नेपाली सेना परिचालन हुने भएको छ। सरकारद्वारा स्वीकृत ‘निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२’ अनुसार सेना बुधबारदेखि देशभर खटिन लागेको हो।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालन हुनेछन्। योजना अनुसार भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटिने भएका छन्।

सुरक्षा संयोजनअनुसार मतदानस्थलको भित्री घेराको जिम्मेवारी नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् भने दोस्रो तहको सुरक्षा सशस्त्र प्रहरी बलले गर्नेछ। बाहिरी सुरक्षा घेरामा भने नेपाली सेना परिचालित रहनेछ।

नेपाली सेनाले निर्वाचन प्रयोजनका लागि देशका सबै १६५ निर्वाचन क्षेत्रमा आजदेखि नै आफ्नो उपस्थिति बढाउने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका थिए।

सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार विभिन्न स्थानमा सेनाको ‘बेस’ स्थापना गरिनेछ भने परिस्थिति अनुसार संयुक्त गस्तीसमेत सञ्चालन हुनेछ। यसका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गर्ने तयारी रहेको सेनाले जनाएको छ।

एकीकृत सुरक्षा योजनाअनुसार मतदानको करिब एक महिनाअघिदेखि नै सेनाको फिल्ड उपस्थिती रहनेछ। सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा, मतपत्र ढुवानी, मतदानस्थलको बाह्य सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सम्हाल्नेछ। साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरी विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि सेनाले वहन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४