Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापा–५ मा सुकुम्वासी बस्ती पुगेर बालेनको आश्वासन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २१ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ झापा–५ अन्तर्गतको एक सुकुम्वासी बस्तीमा पुगेर स्थानीयसँग छलफल गरेका छन्।

मंगलबार भएको भेटघाटका क्रममा स्थानीय बासिन्दाले जग्गाधनी पूर्जा (लालपुर्जा) सम्बन्धी समस्या र गुनासो राखेका थिए। स्थानीयको कुरा सुनेपछि बालेनले सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै दृष्टिकोणबाट समाधान गर्नुपर्ने बताएका छन्।

उनले काठमाडौंका खोला किनारका जोखिमयुक्त बस्ती र झापाका पुराना बसोबास क्षेत्रको अवस्था फरक रहेको उल्लेख गर्दै वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे। सुकुम्वासीको नाममा राजनीति गर्ने प्रवृत्ति र पहुँचका आधारमा मात्र पूर्जा वितरण हुने अभ्यासको अन्त्य हुनुपर्नेमा पनि उनले जोड दिए।

नेता शाहले कसैलाई पनि विस्थापित गर्नु अघि वैकल्पिक सुरक्षित बसोबासको ग्यारेन्टी राज्यले गर्नुपर्ने धारणा राखे। आगामी दिनमा भूमि आयोगलाई निष्पक्ष बनाउँदै वास्तविक पीडितले मात्र लालपुर्जा पाउने व्यवस्था मिलाइने आश्वासन पनि उनले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४