Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यानाडामा बनेका सबै विमानको प्रमाणीकरण खारेज गर्ने राष्ट्रपति ट्रम्पको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १७ २०८२
  • 1.1K
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा बनेका सबै विमानको प्रमाणीकरण (सर्टिफिकेसन) खारेज गर्ने घोषणा गर्नुभएकाे छ।

उहाँले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्ताे घाेषणा गर्नुभएकाे हाे । उहाँले ती विमानमा ५० प्रतिशतसम्म अतिरिक्त भन्सार महशुल लगाउने धम्की समेत दिनुभयाे । उहाँले विशेष गरी क्युबेकस्थित बम्बार्डियर कम्पनीले उत्पादन गर्ने ‘ग्लोबल एक्सप्रेस’ व्यवसायिक जेटलाई लक्षित गर्नुभयाे। क्यानाडाले अमेरिकी कम्पनी गल्फस्ट्रिमका विमानहरूलाई प्रमाणीकरण प्रक्रियामार्फत क्यानाडामा बिक्री गर्न नदिएको जनाएकाे छ ।

साेही अवस्था तुरुन्त नसच्याइए अमेरिकामा बिक्री हुने सबै क्यानाडेली विमानमा ५० प्रतिशत कर लगाइने उहाँले चेतावनी दिनुभएकाे हाे । साेही कदम ट्रम्प सत्तामा आए यता अमेरिका-क्यानाडा सम्बन्धमा देखिएको तनावको पछिल्लो कडी हो । यसअघि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी अधिकारीहरूसँग अल्बर्टाका पृथकतावादीहरूको भेट भएको समाचारपछि क्यानाडाको सार्वभौमिकताको सम्मान गर्न राष्ट्रपति ट्रम्पसँग आग्रह गर्नुभएकाे थियाे ।

केही दिनअघि ट्रम्पले क्यानाडाले चीनसँग व्यापार सम्झौता गरे एक सय प्रतिशत कर लगाउने धम्की समेत दिनुभएकाे थियाे । राष्ट्रपति ट्रम्पले अहिलेसम्म कुनै पनि सिधै विमानको प्रमाणीकरण खारेज गरेको उदाहरण छैन । विमान सुरक्षा सम्बन्धी निर्णय सामान्यतः स‌घीय उड्डयन प्रशासनले गर्ने विज्ञहरू बताले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४