Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियता र सार्वभौमिकतामा आत्मसमर्पण हुँदैन : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १६ २०८२
  • 874
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको विषयमा कुनै पनि प्रकारको आत्मसमर्पण स्वीकार्य नहुने बताएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी पार्टीको घोषणापत्र तयारीका क्रममा विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझाव संकलन गर्न आयोजित छलफलमा अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।

पार्टीका प्रचारप्रसार विभाग प्रमुख मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार अध्यक्ष ओलीले राष्ट्रिय हितको रक्षाका लागि आवश्यक परे प्रतिरोध, प्रतिवाद र प्रतिरक्षामा उत्रने स्पष्ट पारेका छन्।

“राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन सक्दैन भन्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताउनुभएको छ। कुनै पनि आत्मसमर्पण स्वीकार्य हुँदैन,” शाहीले विज्ञप्तिमा अध्यक्ष ओलीलाई उद्धृत गर्दै उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले राज्यका विभिन्न संयन्त्रहरूको गतिविधि र कामकारबाहीलाई आफ्नो पार्टीले नजिकबाट नियालिरहेको पनि बताएका छन्।

त्यसैगरी, सरकारले हालसम्म निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको आरोप समेत ओलीले लगाएका छन्।

एमालेले देशलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दिगो विकासमार्फत जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित घोषणापत्र तयार गरिरहेको पनि जनाइएको छ।

“नेकपा (एमाले)ले व्यावहारिक र पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्नसक्ने कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको छ,” शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४