काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य अनपेक्षित रूपमा उच्च बिन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार बजारमा सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आजको अचानक मूल्य वृद्धिले बजारमा तातो वातावरण सिर्जना गरेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी, बिहीबार बढेर ७ हजार ५ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।