Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चप्रति कांग्रेस सांसद मिश्रको व्यंग्य : ‘शीतकालीन कोइलीझैँ मौन बसेको छ’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १४ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा सर्वोच्च अदालतको भूमिकाप्रति कडा टिप्पणी गरेका छन्।

मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सरकार गठन र प्रतिनिधिसभा विघटनजस्ता विषयमा सर्वोच्च अदालत मौन बसेको भन्दै त्यसलाई “शीतकालीन कोइलीझैँ मौन” रहेको टिप्पणी गरे। उनले अहिले देशमा संविधानको अवस्था नै अन्यौलपूर्ण बनेको उल्लेख गरे।

सांसद मिश्रले प्रधानमन्त्री र मन्त्रीहरू पदमा भए पनि संविधानले नै उनीहरूको अवस्थालाई स्पष्ट रूपमा परिभाषित गर्न नसकेको जिकिर गरे। संविधानको व्याख्या र स्पष्टता दिने जिम्मेवारी सर्वोच्च अदालतको भए पनि अदालत निष्क्रियजस्तै देखिएको भन्दै उनले न्यायिक सक्रियतामाथि प्रश्न उठाए।

उनले जेनजी आन्दोलनका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको बताए। जातीय र क्षेत्रीय आधारमा राजनीति गर्ने प्रवृत्तिको अन्त्यतर्फ युवाहरू सचेत देखिएको उनको भनाइ थियो। तर आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीजस्ता घटनालाई वैधानिक तथा वैचारिक संघर्षको विकल्पका रूपमा स्थापित गर्न खोजिएकोप्रति उनले चिन्ता व्यक्त गरे।

सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणका वास्तविक दोषी पहिचान गर्न राज्य असफल भएको उनले आरोप लगाए। सिंहदरबार, अदालतलगायतका संरचनामा आगजनी हुँदा पनि जिम्मेवार पक्ष पत्ता लगाउन नसकिएको उनको भनाइ थियो।

सरकारले गठन गरेको छानबिन आयोगप्रति पनि उनले अविश्वास व्यक्त गरे। दोषीलाई कारबाही गर्नभन्दा प्रमाण नष्ट गर्न आयोग गठन गरिएको हो कि भन्ने आशंका उब्जिएको उनले बताए।

मिश्रले भदौ २३ र २४ गते भएका घटनाको सन्दर्भमा “कसले गर्‍यो?” भन्दा “कसले राजनीतिक लाभ लियो?” भन्ने प्रश्न महत्वपूर्ण रहेको बताए। ती घटनापछि रातारात उदाएका शक्ति, को सत्ताको आडमा चुनावी तयारीमा जुटेको छ भन्ने विषयमा जनता सजग रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४