Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपामाथि प्रचण्ड आक्रामक : घण्टीले शासन नचल्ने दाबी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १४ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमार्फत ‘स्टन्टबाजी’ गरेर जनतामा भ्रम फैलाइरहेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उनले रास्वपामा विचार र सिद्धान्तको खडेरी देखिएको टिप्पणी गरे। उनले निर्वाचनका बेला सामाजिक सञ्जालमा स्टन्टबाजी गर्नुबाहेक रास्वपाले ठोस राजनीतिक काम गर्न नसकेको आरोपसमेत लगाए।

दाहालले मुलुकमा परिवर्तन नाराभन्दा कामबाट हुने बताउँदै “घण्टी बजाउँदैमा केही हुनेवाला छैन” भने। रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ तर्फ संकेत गर्दै उनले सामाजिक सञ्जालमा प्रभाव जमाएर मात्रै जनताको विश्वास जित्न नसकिने जिकिर गरे।

उनले सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै भने, “अहिले सिद्धान्त र विचारको खडेरी छ। सामाजिक सञ्जालको स्टन्टका भरमा जनताको दिमाग भुल्याउने काम भइरहेको छ। यसलाई हामी सबै एकताबद्ध भएर मात्रै परास्त गर्न सक्छौं।”

दाहालले युवा र पुराना कम्युनिष्ट कार्यकर्ताहरूलाई एउटै समाजवादी ध्येयका लागि संगठित हुन आग्रह गर्दै “हामी सबै मिलेर समाजवादी भवन निर्माण गरौं, जसले मात्रै देश र जनताको सेवा गर्छ,” भने।

कार्यक्रममा उनले मोहन वैद्य ‘किरण’ लाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४