काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार सर्लाही पुग्नुभएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका सभापति थापा सोमबार सिमरा हुँदै सर्लाही जानुभएको हो। उहाँले गत माघ ६ गते सम्पन्न उम्मेदवार मनोनयन प्रक्रियामा वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको थियो।
उम्मेदवारी दर्तापछि सभापति थापा पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन्।
सभापति थापाको सोमबार सर्लाहीको बागमती पुल नजिकै कर्मैयामा विशेष भेटघाट कार्यक्रम तय गरिएको छ, जहाँ कार्यकर्ता तथा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको जनाइएको छ।