Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मौसम फेरियो: पहाडी र हिमाली क्षेत्रमा हिमपात, तराईमा वर्षा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १३ २०८२
  • 1.1K
    SHARES

काठमाडौं । देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन गरिएको छ ।

राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने विभागको भनाइ छ ।

भोलि दिउँसो र राति नै केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । दिउँसो कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागलगायत लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ । भोलि राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४