Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालस्थित भारतीय दूतावासद्वारा ७७औँ गणतन्त्र दिवस समारोह आयोजना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १३ २०८२
  • 2.3K
    SHARES

काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले ७७ औँ गणतन्त्र दिवस मनाएको छ ।

काठमाडौँस्थित दूतावास परिसरमा आयोजित विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको हो । समारोहमा भारतीय समुदायका सदस्यहरू, भारतका मित्रहरू तथा दूतावासका अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सन्देश वाचन गरिएको थियो ।

साथै, सांस्कृतिक प्रस्तुति तथा राष्ट्रभक्ति गीतहरूले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो । भारतले हरेक वर्ष जनवरी २६ तारिखका दिन संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ । सन् १९५० मा भारतको संविधान लागू भएपछि यो दिवस मनाउन थालिएको हो ।

यस वर्ष भारतले ७७ औँ गणतन्त्र दिवस मनाइरहेको छ । यस अवसरमा दूतावासले भारतीय डायस्पोरालाई विशेष निमन्त्रणा गरेको थियो । समारोहले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४