Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्यमा फेरि नयाँ कीर्तिमान, सुन प्रतितोला ३ लाख ४ हजार नजिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १२ २०८२
  • 1.6K
    SHARES

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम रोकिएको छैन। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुन र चाँदी दुवैको मूल्य बढेर नयाँ कीर्तिमान कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले वृद्धि भई तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ मा कारोबार भएको थियो।

विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, मुद्रास्फीति तथा भू–राजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुन र चाँदीको माग बढेकाले मूल्य उकालो लागेको विश्लेषण गरिएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। चाँदी तोलामा २ सय ९० रुपैयाँले बढेर ६ हजार ४ सय ८० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य तोलाको ६ हजार १ सय ९० रुपैयाँ थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४