Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माघ ०९ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १० २०८२
  • 1.3K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं माघ ०९, २०८२ । इ.सन् 23 Jan, 2026 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (सिल्लाथ्व) । सिद्धार्थी संवत्सर उत्तरायण शिशिर ऋतु । शुक्रबार माघ शुक्लपक्ष । तिथि पञ्चमी, २४:२७ बजेपछि षष्ठी । नक्षत्र पूर्वभाद्रपदा, १३:५६ बजेपछि उत्तरभाद्रपदा । योग परिघ, १५:४५ बजेपछि शिव । करण वव, १३:०५ बजेपछि वालव, २४:२७ बजेउप्रान्त कौलव । चन्द्रराशि कुम्भ । योग (आनन्दादि) ध्वांक्ष । दिनमान १०:४० । सूर्योदय ६:५६ । सूर्यास्त १७:३६ । दिन विशेष : पञ्चक। वसन्त पञ्चमी (श्रीपञ्चमी)। वसन्त श्रवण। सरस्वती पूजा। रति-काम पूजा। हलसारो गर्ने दिवस ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सम्भावना र अवसर खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तारिफयाेग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् र ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। तापनि अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। परिस्थितिवश केही खर्च बढे पनि आफ्ना सूचना गाेप्य राख्नुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि दिन रमाइलो रहनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। बिछोडिएका प्रियजन भेटिनेछन्। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। र, जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४