Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ८ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औं समूह अन्तर्गत उक्त तालिम प्रदान गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो।

समापन समारोहमा वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका क्रममा हासिल गरेका ज्ञान र सीपलाई कार्यक्षेत्रमा इमान्दारिताका साथ प्रयोग गर्दै जिम्मेवारी त्रुटिरहित रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। साथै नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको अनुभूति गराउने गरी काम गर्नुपर्ने उहाँको भनाइ थियो।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक शैलेश न्यौपानेले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ७ गतेदेखि सञ्चालन भएको ४५ कार्यदिने तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४४ जना गरी जम्मा ४७ जना सहभागी भएको जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४