Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा आन्तरिक कलहबीच टिकट वितरणको तयारी, गुटबीच सहमति जुटेन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ६ २०८२
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक कलह कायमै रहँदा निर्वाचनको टिकट वितरणको तयारी थालेको छ। मंगलबार मनोनयन दर्ता गर्नुपर्ने भएकाले आजै टिकटको टुंगो लगाउने प्रयास गरिएको हो।

२१ फागुनमा हुने निर्वाचनका लागि टिकट मिलान तथा विवाद साम्य पार्ने उद्देश्यले तीन गुटका शीर्ष नेताबीच छलफल भएको छ। विशेष महाधिवेशनबाट निर्वाचित भई निर्वाचन आयोगबाट आधिकारिकता पाएका गगन थापा समूह, शेरबहादुर देउवा समूह र शेखर कोइराला समूहका नेताहरू छलफलमा जुटे पनि हालसम्म कुनै ठोस सहमति जुट्न सकेको छैन।

निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन समूहले पार्टीको टिकट लिएर निर्वाचन लड्न चाहने भए आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने सर्त अघि सारेको छ।

‘विशेष महाधिवेशनको नेतृत्व स्वीकारेर गगन थापाको हस्ताक्षरसहितको टिकट लिएपछि विशेष महाधिवेशनलाई स्वीकारेको ठहर्छ,’ गगन समूहका एक नेताले भने, ‘एकातिर सभापति स्वीकारेर टिकट लिने र अर्कोतिर विशेष महाधिवेशन अवैध भन्दै अदालत जाने कुरा मिल्दैन।’

गगन समूहले राखेको सर्तबारे देउवा र शेखर समूहका नेताहरूले औपचारिक प्रतिक्रिया नदिएको बताइएको छ। नेताहरूका अनुसार बैठक सोमबार बिहान पनि जारी रहेको छ।

आइतबार राति गगन थापा समूहबाट मधु आचार्य र देवराज चालिसे, शेरबहादुर देउवा समूहबाट रमेश लेखक तथा शेखर कोइराला समूहबाट मिनेन्द्र रिजाल सहभागी भई विवाद समाधानका लागि छलफल गरेका थिए। सो छलफललाई आज पनि निरन्तरता दिइएको नेताहरूले बताएका छन्।

रातिको छलफलमा अधिकांश विषयमा सहमति नजुटे पनि निवर्तमान सांसद र दान नलागेका व्यक्तिलाई टिकट दिने विषयमा भने गगन समूह लचिलो देखिएको एक नेताले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४