Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुशासन र दिगो समृद्धिको आधार स्वजागरण हो : प्रधानमन्त्री कार्की


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १ २०८२
  • 2.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छन् ।

बुधबार आयोजित सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्र सीमित नभई व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति भएको उल्लेख गरिन् ।

उनका अनुसार स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउने तथा बाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पुर्‍याउँछ । स्वजागरणले अधिकार मात्र माग्ने संस्कृतिभन्दा कर्तव्यबोधलाई प्राथमिकता दिन सिकाउने उनको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकीय सुधार अपरिहार्य भइसकेको बताइन् ।

“समृद्धिको आधार स्तम्भ नै स्वजागरण हो । स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्रै होइन, यो आन्तरिक रूपमा व्यक्तिगत खुशी र शान्त रहन सिकाउने र बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ तथा समृद्ध समाज निर्माणमा सहयोग पुर्‍याउने प्रयोगात्मक जीवन पद्धति हो,” प्रधानमन्त्री कार्कीले भनिन् ।
उनले थपिन्, “स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन सिकाउँछ, त्यसपछि मात्रै परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ । स्वजागृत व्यक्तिले अधिकार मात्रै खोज्दैन, आफ्नो कर्तव्य के हो भन्ने प्रश्न आफैंसँग गर्छ ।”

प्रधानमन्त्री कार्कीका अनुसार स्वजागरण व्यक्तिगत रूपान्तरणमा मात्र सीमित नरही नैतिक प्रशासन, जिम्मेवार नेतृत्व र प्रविधिको विवेकपूर्ण प्रयोगसँग जोडिँदै विश्वव्यापी अभ्यास बन्दै गएको छ ।

सुशासन र समृद्धिको लक्ष्य राज्य संयन्त्रमा मात्र सीमित हुन नसक्ने उल्लेख गर्दै उनले निजी क्षेत्र, नागरिक समाज तथा विशेषगरी प्रविधिमैत्री, सचेत र प्रश्न गर्न सक्ने युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताइन् ।

निजी क्षेत्रको व्यवसायिक नैतिकता, नागरिक समाजको प्रभावकारी निगरानी र युवाको सिर्जनशीलता, नवप्रवर्तन तथा जिम्मेवार नागरिक चेतनाविना समावेशी र दिगो सुशासन सम्भव नहुने प्रधानमन्त्री कार्कीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४