Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २९ २०८२
  • 2.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंस्थित भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार बिहान ९ बजेदेखि पुनः सुरु हुने भएको छ।

यही पुस २७ र २८ गतेका लागि तय गरिएको दोस्रो विशेष महाधिवेशन समय अभावका कारण कार्यतालिका संशोधन गरिएको हो। सोमबार बन्दसत्र सुरु भई विभिन्न प्रतिवेदनमाथिको छलफल लम्बिएपछि कार्यतालिका परिमार्जन गर्नुपरेको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिनुभयो।

उहाँका अनुसार मंगलबार पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया निरन्तर रूपमा जारी रहनेछ। विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्‍याउने दाबी गरेका छन्।

सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता सुवास पोखरेलले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या आइतबार २ हजार ६ सय ६२ रहेकोमा सोमबार ६ दशमलव २४ प्रतिशतले वृद्धि भएको बताउनुभयो।

मंगलबार नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुने र सोही दिन निर्वाचन, अनुशासन तथा केन्द्रीय समिति लगायतका समितिहरू भंग गरिने पनि उहाँले जानकारी दिनुभयो। यसैबीच संस्थापन पक्षलाई सहमतिमा ल्याउने प्रयास जारी रहेको छ। यसका लागि सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताबीच मंगलबार पनि छलफल हुने भएको छ।

उक्त वार्तामा विशेष महाधिवेशन गराइरहेका गगन–विश्व समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४