Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गर्न कांग्रेस नेतृत्वलाई गोपालमान श्रेष्ठको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २७ २०८२
  • 2.5K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनबाट भएका निर्णयहरू कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने उल्लेख गर्दै पार्टी विधि र विधानअनुसार चल्न नसकेको आरोप लगाउनुभयो । साथै, पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

नेता श्रेष्ठले भन्नुभयो, ‘यहाँ कसैले हठ गरेर बस्नु हुँदैन । विधि र विधानअनुसार अगाडि बढ्न दिनुपर्छ । विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

उहाँले मुलुक जोगाउन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एकतावद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४