Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविसँग कुलमानको वान टु वान वार्ता, के भयो कुरा ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २५ २०८२
  • 2.3K
    SHARES

काठमाडौँ । ऊर्जामन्त्री पदबाट राजीनामा दिएलगत्तै कुलमान घिसिङले राजनीतिक सक्रियता बढाएका छन् । राजीनामाको भोलिपल्टै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

स्रोतका अनुसार कुलमान रवि बीच निवासमा वान टु वान छलफल भएको हो । कुलमान आफैँ रविको निवास पुगेका थिए । भेटमा मुख्यतः रास्वपा र उज्यालो नेपाल पार्टीबीचको समायोजन प्रक्रियाका विषयमा कुराकानी भएको बुझिएको छ ।

कुलमानले एकता प्रक्रिया सम्मानजनक हुनुपर्ने अडान राखेका छन् । उज्यालो नेपाल पार्टीको तर्फबाट केन्द्रीय समितिमा उचित हिस्सेदारी, समानुपातिक बन्दसूची संशोधन र प्रत्यक्षतर्फ उम्मेदवारीको प्याकेजमा सहमति खोजिएको स्रोतले जनाएको छ ।

पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर भइसके पनि रास्वपा र उज्यालो नेपालबीच धेरै विषय मिल्न बाँकी छन् । बालेन शाहको तर्फबाट २६ जना केन्द्रीय सदस्य मनोनयन भइसकेको अवस्थामा उज्यालो नेपालको तर्फबाट अझै समायोजन हुन बाँकी छ । कति केन्द्रीय सदस्य दिने भन्नेमै कुरा मिल्न नसकेको स्रोतको भनाइ छ ।

यसैगरी उज्यालो नेपालले समानुपातिक बन्दसूचीमा आफ्ना केही व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने अडान लिएको छ । सहमतिपत्रमा कुलमानलाई उपसभापति बनाउने उल्लेख भए पनि उनी अहिलेसम्म रास्वपाको बैठकमा सहभागी भएका छैनन् । पार्टी समायोजन पूरा नभएसम्म बैठकमा नजाने उनको अडान रहेको बताइएको छ ।

मन्त्री पदबाट राजीनामा दिएपछि कुलमानले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । हिजो मात्रै उनले आफ्नै निवासमा पार्टीका नेताहरूसँग आन्तरिक छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४