Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महामन्त्रीद्वयले बोलाएको भेलामा किन नजान आग्रह गर्दैछन् सुदूरपश्चिमका ६ जिल्ला ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २५ २०८२
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना हुन लागेको ‘विशेष महाधिवेशन’ विरुद्ध सुदूरपश्चिमका जिल्ला नेतृत्वले कडा असन्तुष्टि जनाएका छन् । प्रदेशका ६ जिल्ला सभापतिहरूले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रस्तावित महाधिवेशन पार्टी विधानको मर्मविपरीत रहेको ठहर गरेका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा यही पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दा सुदूरपश्चिमका प्रभावशाली जिल्ला सभापतिहरूले भने त्यसलाई बहिष्कार गर्न आम कार्यकर्तालाई अपिल गरेका छन् ।

विशेष महाधिवेशनविरुद्ध संयुक्त हस्ताक्षर गर्नेहरूमा कैलाली सभापति नारायणदत्त भट्ट, कञ्चनपुरका पदम बोगटी, अछामका पुष्पबहादुर शाह, डडेलधुराका भीम साउँद, डोटीका नरेन्द्रबहादुर सिंह र बझाङका खडकबहादुर बोहरा रहेका छन् । उनीहरूले विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनकै प्रक्रियामा जानुपर्ने अडान राखेका छन् ।

ती सभापतिहरूले पार्टीको विधानलाई उद्धृत गर्दै केन्द्रीय कार्यसमितिको निर्णयविना कुनै पनि पदाधिकारी वा व्यक्तिले एकलौटी रूपमा अधिवेशन वा विशेष अधिवेशन बोलाउन नपाउने जिकिर गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा बोलाएको अधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुन्छ । तसर्थ, यस्ता अवैधानिक गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिलाई हार्दिक अपिल गर्दछौं ।’

जिल्ला सभापतिहरूले पार्टीभित्रको गुटबन्दी र विशेष महाधिवेशनको रस्साकस्सी छोडेर आगामी निर्वाचनमा केन्द्रित हुन नेतृत्वलाई सुझाएका छन् । उनीहरूले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

यता, महामन्त्रीद्वय थापा र शर्मा पक्षले भने महाधिवेशन प्रतिनिधिहरूको व्यापक माग र हस्ताक्षरका आधारमा विशेष महाधिवेशन बोलाइएको भन्दै यसलाई विधानसम्मत रहेको दाबी गर्दै आएका छन् । तर, सुदूरपश्चिमको यो सामूहिक विज्ञप्तिले कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरणलाई थप सतहमा ल्याइदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४