Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विशेष महाधिवेशनले तताएको कांग्रेसमा आज नेतृत्वको सामूहिक सन्देश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २५ २०८२
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसभित्र महामन्त्रीद्वयले विशेष महाधिवेशनको माग गरेपछि उत्पन्न आन्तरिक तरंगलाई साम्य पार्न नेतृत्व तह सक्रिय भएको छ । यसै सन्दर्भमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज (शुक्रबार) विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे हुने उक्त पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्कासँगै नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरूको उपस्थिति रहने बताइएको छ । पार्टीभित्र देखिएको पछिल्लो विवाद र नेतृत्वको आधिकारिक धारणा सार्वजनिक गर्न यो सम्मेलन आयोजना गरिएको हो ।

केही दिनअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग अघि सारेपछि पार्टी पंक्तिमा नयाँ बहस सिर्जना भएको थियो । तर, बिहीबार बसेको बैठकले तत्काल विशेष महाधिवेशनमा जानु पार्टी हितमा नहुने निष्कर्ष निकालेको छ । नेता डा. कोइरालाले बिहीबार नै सभापति शेरबहादुर देउवासँग भेट गरी विवाद मिलाउन र पार्टीलाई एक ढिक्का बनाएर लैजान आग्रह गरेका थिए ।

कांग्रेसले निर्वाचनपछि हुने नियमित महाधिवेशनमै पार्टी सुधारका एजेन्डाहरूमाथि खुला छलफल गर्न सकिने जनाएको छ । हतारमा गरिने निर्णयले पार्टीको आन्तरिक एकतामा आघात पुग्न सक्ने भन्दै महाधिवेशनको कार्यतालिका अनुसार अघि बढ्ने सन्देश दिन आजको पत्रकार सम्मेलन केन्द्रित हुने देखिन्छ । बिहीबारको बैठकले पनि नियमित प्रक्रिया बाहेकका अन्य गतिविधि नगर्न नेता-कार्यकर्तालाई निर्देशित गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४