Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको तयारी पूरा, राष्ट्रिय सभाका लागि ६ उम्मेदवार टुंगियो, झाँक्री लुम्बिनीबाट


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २३ २०८२
  • 3.3K
    SHARES

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले नेतृ रामकुमार झाँक्रीसहितको नाम टुंगो लगाएको छ । झाँक्री लुम्बिनीबाट उम्मेदवार बन्ने छिन् ।यस्तै, कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी फागुन ११ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति भइसकेको छैन ।कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि सफल भएको छैन । जसअनुसार एमाले-कांग्रेसलाई ७-७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिने गरी सहमति प्रयास भएको छ । यसै अनुसार एमालेले उम्मेदवार छनोट गरेको हो । मधेशमा भने एमालेले नाम टुंगो लगाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४