Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेनजी आन्दोलन छानबिन आयोगद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २० २०८२
  • 3K
    SHARES

काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएपछि पूर्वप्रधानमन्त्री ओलीलाई आयोगसमक्ष उपस्थित भई बयान दिन पत्राचार गरेको हो। आयोग स्रोतका अनुसार आन्दोलनका बेला सरकारको भूमिका, सुरक्षा निकायको परिचालन तथा निर्णय प्रक्रियाबारे स्पष्टता लिन ओलीको बयान आवश्यक ठानिएको छ।

यसअघि आयोगले तत्कालीन गृहमन्त्री, प्रधानसेनापति, नेपाल प्रहरीका वर्तमान तथा पूर्वप्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुखलगायतसँग बयान लिइसकेको छ।

जेनजी आन्दोलनका क्रममा भएका घटनामा सुरक्षा संयन्त्रको भूमिका, आदेश–निर्देशनको शृंखला र राजनीतिक तहबाट भएका निर्णयबारे आयोगले तथ्य संकलन तथा विश्लेषण गरिरहेको जनाएको छ। आवश्यक सबै पक्षको बयान र प्रमाण संकलनपछि आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४