Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“काठमाडौं–२: राप्रपा नेतृ पोखरेलको प्रतिनिधिसभा चुनाव घोषणा”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १९ २०८२
  • 3.7K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उम्मेदवारी घोषणा गर्दै पोखरेलले काठमाडौं–२ ले देशलाई प्रधानमन्त्री र राष्ट्रपति जस्ता उच्च नेतृत्व दिए पनि यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको गुनासो गरिन् । उनले यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले संसदमा स्थानीय समस्यालाई प्रभावकारी रूपमा उठाउन नसकेको आरोप समेत लगाइन ।

पोखरेलले खानेपानी र सडकको दुरावस्था अन्त्य गर्नु आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताए । उनले भनिन्, ‘प्रधानमन्त्री पनि यो क्षेत्रले पायो, राष्ट्रपति पनि पायो तर विकास केही पनि भएन । यहाँका जनताबाट चुनिएर गएका प्रतिनिधिहरूले यहाँका समस्याबारे संसदमा आवाज उठाएको पनि पाइँदैन ।’

साँखुजस्तो ऐतिहासिक क्षेत्रमा एम्बुलेन्स गुड्ने सडक समेत नरहेको भन्दै उनले खानेपानी र बाटोको समस्या समाधानमा आफू केन्द्रित हुने जिकिर गरिन् । शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने तथा सामान्य आयआर्जनका लागि युवाहरू विदेशिन नपर्ने वातावरण सिर्जना गर्ने नागरिकको चाहनाबमोजिम आफू अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।

नागरिकले ३०–४० हजार रूपैयाँ कमाउनकै लागि विदेश जानु नपरोस् भन्ने चाहना राखेको उल्लेख गर्दै उनले भनिन्, ‘मैले चुनाव हारे पनि यहाँका नागरिकसँग गरेका वाचा पूरा गरेकी छु, महिलाहरूलाई उद्यमशील तालिम दिने काम गरेकी छु ।’

पोखरेलले यसपटक काठमाडौं–२ ले ‘पर्यटक उम्मेदवार’ नभई भूगोल बुझेको प्रतिनिधि खोजेको समेत दाबी गरिन् । अहिले यो क्षेत्रले भूगोलबाहिरको उम्मेदवार नपाओस् भन्ने कामना गर्दै उनले आफू निर्वाचित भए जनताको सेवामा समर्पित हुने दाबी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४