Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“कोइराला पार्टी मतभेद मिलाउन छलफलमा” ✅


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १९ २०८२
  • 1.6K
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायत महत्त्वपूर्ण काँग्रेसी साथीहरूसँग अन्तरक्रिया गरी राय लिएका छन् ।

बिशालनगरस्थित कोइरालाको सम्पर्क कार्यलयमा भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ ? राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्दलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा पनि छलफल भएको थियो ।

त्यसै गरी हिजो काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ ? आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषयहरूमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरूका बारेमा समेत उक्त बैठकमा विस्तृत छलफल भएको छ ।

हालै पार्टीको अनुशासन समितिले गरेका कारवाहीको फुकुवाका सम्बन्धमा जो जो व्यक्तिहरू जुन जुन पदमा थिए उनीहरू तत् तत् पदमा कायम रहनुपर्नेमा समेत सहभागीहरूले जोडदार माग उठाए ।

आगामी आम निर्वाचनमा एक भएर अघि बढ्नु समयको माग एवं आवश्यकता हो भन्नेमा उपस्थित सबै नेताहरूको एकमत थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४