Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२०२५ मा नेपालीहरूले टिकटकमा सबैभन्दा धेरै खोजेका ट्रेन्ड सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १६ २०८२
  • 3.6K
    SHARES

काठमाडौं । ३० डिसेम्बर २०२५– टिकटकले २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची आज सार्वजनिक गरेको छ ।

यसले नेपाली प्रयोगकर्ताहरू यस वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र हरेक दिनका निर्णयमा सहयोग पुर्‍याउने उपयोगी खोज लगायत अन्य के–कस्ता कुराप्रति बढी जिज्ञासु थिए भन्ने सानो झलक दिन्छ ।

२०२५ को यो सूचीले टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज माध्यमका रूपमा बढ्दै गएको देखाउँछ जहाँ दशैं–तिहार र तीजका लागि आवश्यक सामग्रीदेखि लिएर खाना पकाउने रेसिपीसम्म खोजिएका छन्। छिटो जानकारी लिन, समाचारहरूको अपडेट लिन, स्थानीयशैलीको प्रेरणा लिनर नेपालको सन्दर्भ र संस्कृति बुझ्ने क्रिएटरमार्फत आवश्यक सिफारिसहरू पाउन प्रयोगकर्ताहरू टिकटकमा आउने गरेका छन् ।

‘टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ,’ टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले भने । ‘मानिसहरू आजकल भिडियो मात्र हेर्दैनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भहरू खोजिरहेका हुन्छन् । चाहे खेलकुदका पछिल्ला गतिविधि पछ्याउन, विकेन्ड ट्रिपको योजना बनाउन, नयाँ कुरा सिक्न वा किनमेल अघि रिभ्यु हेर्न होस्, नेपालीहरू दैनिक निर्णयका लागि टिकटकलाई आधार बनाइरहेका छन् । यस वर्षका टप सर्चहरूले टिकटकले नेपालीहरूलाई संस्कृति, समुदाय र हरेक दिनका जिज्ञासाहरूसँग जोडिरहेको स्पष्ट रूपमा देखाउँछ ।’

नेपालका सर्चहरूले के देखाउँछन्?

यस वर्षका सर्चहरूले उद्देश्य सहितका खोजको कथा भनिरहेका छन्। यात्राका लागि महत्त्वपूर्ण गन्तव्यहरूमा देखिएको चासोले टिकटकले गन्तव्य खोज्न, घुमफिरको योजना बनाउन र नयाँ अनुभवहरू पत्ता लगाउन भूमिका खेलिरहेको देखाउँछ । यो सूचीले लोकप्रिय सेलिब्रिटी र ड्रामादेखि लिएर दैनिक कुराकानीलाई प्रभाव पार्ने गीत र भाइरल क्षणहरूसम्म, समग्रमा नेपाली संस्कृतिको ढुकढुकी नै समेटेको छ ।

सर्चहरूले नेपालीहरूले सार्वजनिक घटना, प्रविधि सम्बन्धी जिज्ञासा लगायत प्रमुख समाचार र ट्रेन्डिङ विषयमा अपडेट रहन टिकटक प्रयोग गरिरहेका छन् भन्ने पनि देखाउँछन् । यी विषयहरूमा विभिन्न क्रिएटरहरूले वास्तविक समयमै जानकारी दिन सहयोग गरिरहेका छन् ।

२०२५ को अन्त्य सँगै, नेपालका टप टिकटक सर्चहरूले यो वर्ष सामूहिक उत्सव, दैनिक जीवनका चासो र क्रिएटर–केन्द्रित खोजहरूले भरिपूर्ण रहेको देखाउँछ । टिकटक नेपालमा सशक्त र सिर्जनशील कम्युनिटीलाई निरन्तर साथ दिन तथा मानिसहरूलाई अझ अर्थपूर्ण एवम् रमाइलो तरिकाले प्रेरित गर्न र जानकारी लिन सहयोग गर्न प्रतिबद्ध छ ।

२०२५ मा नेपालमा टिकटकमा सबैभन्दा धेरै खोजिएका शब्दहरू

सबैभन्दा धेरै खोजिएका शोबिज सेलिब्रिटी

· प्रियंका कार्की

· राजेश हमाल

· स्वस्तिमा खड्का

· रेखा थापा

· मदन कृष्ण श्रेष्ठ

सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर

· सिम्पल खरेल

· आश्मा विश्वकर्मा

· रचना रिमाल

· अनमोल केसी

· आना शर्मा

सबैभन्दा धेरै खोजिएका खेलाडी

· साम्बा

· बिमल घर्ती मगर

· दिपेन्द्र सिंह ऐरी

· एम्बाप्पे

· मेस्सी

सबैभन्दा धेरै खोजिएका स्थान

· मुस्ताङ

· मनाङ

· नर्थ अन्नपूर्ण बेस क्याम्प

· पशुपतिनाथ मन्दिर

· भीमसेनस्थान मन्दिर

सबैभन्दा धेरै खोजिएका टिभी सो वा ड्रामा

· बिग बस

· परान (चलचित्र)

· जेरी अन टप (चलचित्र)

· जारी २ (चलचित्र)

· रोडिज सिजन ७

सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू

· तीज

· कुकुर तिहार

· मिस ग्राण्ड नेपाल

· रुटिन अफ नेपाल बन्द

· एनपीएल सिजन २

सबैभन्दा धेरै खोजिएका गीत / साउन्डट्र्याक

· ठुमक ठुमक जानीए माहिए दे नाल

· आइसक्रिम खाउंगी काश्मिर जाउंगी

· माया गर्नु ल (जोन चाम्लिंग)

· वाक्क लाग्दो संसार

· सारी लायर आएँ भने

सबैभन्दा धेरै खोजिएका खाना / रेसिपी

· हत्क्युला फ्रुट

· स्टिम चिकेन रेसिपी

· सेल रोटी रेसिपी

· सिंगडा रेसिपी

· पक्कु रेसिपी

टिकटकको बारेमाः

टिकटक छोटो आकारका मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो । यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरणा दिनु र खुसी बाँड्नु हो। टिकटकका विश्वभर कार्यालयहरू छन्, जसमा लस एन्जेलस, न्यूयोर्क, लण्डन, पेरिस, बर्लिन, दुबई, सिङ्गापुर, जकार्ता, जोहानेसबर्ग, सिओल र टोकियोपर्छन् । www.tiktok.com

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४