Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रसाईँको हातमा ‘बुद्धको तस्बिर’ थमाउँदै प्रधानमन्त्रीको सन्देश : अब शान्ति रोजौँ !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १५ २०८२
  • 3.1K
    SHARES

काठमाडौं । मुलुक निर्वाचनको संघारमा उभिएका बेला प्रधानमन्त्री सुशीला कार्कीले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’ का संयोजक दुर्गा प्रसाईँसँग अर्थपूर्ण संवाद गरेकी छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले प्रसाईँलाई सडक सङ्घर्षको साटो जनमत (चुनाव) मार्फत आफ्ना एजेन्डा स्थापित गर्न सुझाव दिइन् ।

भेटका क्रममा प्रधानमन्त्रीले मुलुकले अब कुनै पनि प्रकारको अस्थिरता र द्वन्द्व थेग्न नसक्ने स्पष्ट पारिन् । दिगो लोकतन्त्र र शान्तिका लागि निर्वाचन नै अन्तिम र सर्वोत्तम विकल्प भएको उल्लेख गर्दै उनले प्रसाईँलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन् ।

हिन्दु राष्ट्र पुन:स्थापना लगायतका माग राख्दै आएका प्रसाईँलाई प्रधानमन्त्रीको स्पष्ट सन्देश थियो- ‘जनताको अदालतमा जानुस् ।’ लोकतान्त्रिक विधिबाट जनताले अनुमोदन गरे मात्रै कुनै पनि मुद्दा संस्थागत हुने भन्दै उनले निर्वाचनको अवसरलाई उपयोग गर्न प्रसाईँलाई सुझाइन् । ‘ठुलो सङ्घर्ष र सकसपछि हामीले मुलुकलाई शान्तिको मार्गमा ल्याएका छौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मुलुक निर्वाचनमय भइसकेको छ । यस्तो संवेदनशील घडीमा यो देश मेरो पनि हो भन्ने भावना राखेर सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’

संवादका क्रममा शान्ति र अमनचैनको सन्देश दिन प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको तस्बिर उपहारस्वरूप प्रदान गरिन् । सरकार सत्ता र शक्तिको भोग विलासका लागि नभई न्याय र सुशासनका लागि प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले आफूहरू न्यायको पक्षधर भएको बताउँदै भनिन्, ‘हामीले भ्रष्टाचार नियन्त्रण र शोषित-पीडितलाई न्याय दिलाउने आधारशीला तयार पार्दैछौँ । सबै नतिजा रातारात नदेखिएला, तर इमानदार प्रयास जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४