Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपाको सन्देश: समानुपातिकमा परिवर्तन, नयाँ अनुहार प्राथमिकतामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १४ २०८२
  • 2.7K
    SHARES

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार छनोटमा कडा र नौलो मापदण्ड अपनाएको छ । पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कुनै पनि नेतालाई यसपटकको समानुपातिक बन्दसूचीमा समावेश नगर्ने निर्णय गरेको हो ।

समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अन्तिम दिन (आज) बिहान पार्टी शीर्ष नेतृत्वबीच भएको छलफलले पुराना अनुहारलाई विश्राम दिँदै पूर्ण रूपमा नयाँ अनुहारलाई अवसर दिने सहमति गरेको हो । यसअघि प्रत्यक्ष वा समानुपातिक दुवै तर्फबाट निर्वाचित भइसकेकाहरूलाई यसपालि सिफारिस गरिने छैन ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले यही नयाँ मापदण्डका आधारमा समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली टुंगो लगाइरहेका छन् । पुरानालाई नदोहोर्याउने नीतिले उम्मेदवार छनोट र सूची तयार पार्न नेतृत्वलाई सहज भएको नेकपाका एक नेताले बताए । समानुपातिक सूचीमा सबै नयाँ अनुहार पठाउने निर्णय गर्नेमा आफ्नो पार्टी मात्रै रहेको दाबी नेकपाले गरेको छ ।

२०७९ सालको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ७ जना सांसद निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४