Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निवर्तमान गृहमन्त्री लेखक बयान दिन आयोगमा उपस्थित हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १४ २०८२
  • 2.5K
    SHARES

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाक्रमबारे प्रष्टीकरण दिन निवर्तमान गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक आज जाँचबुझ आयोगसमक्ष उपस्थित हुँदैछन् । गत भदौ २३ र २४ गते भएका घटनाका सन्दर्भमा सोधपुछ गर्न आयोगले उनलाई बोलाएको हो ।

आयोगले तोकेको समयअनुसार नेता लेखक आइतबार नै उपस्थित हुनुपर्ने थियो । तर, विशेष कारणवश उनी आज (सोमबार) बयानका लागि जान लागेका हुन् ।

लेखकको सचिवालयले दिएको जानकारीअनुसार, उनी आज दिउँसो १२ बजे बयानका लागि आयोगको कार्यालयमा पुग्नेछन् । आफू आयोगमा गएर बयान दिने विषयमा लेखकले यसअघि नै पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छन् ।

जेनजी आन्दोलन चर्किएका बेला मुलुकको गृह प्रशासनको नेतृत्व (गृहमन्त्री) रमेश लेखकले नै सम्हालेका थिए । तत्‌कालीन गृहमन्त्रीका हैसियतले आन्दोलन नियन्त्रण र शान्ति सुरक्षाको जिम्मेवारी उनीमाथि थियो ।

यसैबीच, आयोगमा बयान दिएपछि नेता लेखकले मंगलबार (भोलि) विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । मंगलबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४