Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावको बाटो खोल्न प्रधानमन्त्री कार्की सक्रिय, शीर्ष नेतासँग आज महत्वपूर्ण छलफल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १२ २०८२
  • 3.2K
    SHARES

काठमाडौं । सरकारले फागुन २१ गतेका लागि प्रस्ताव गरेको निर्वाचनलाई सुनिश्चित गर्न प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक सक्रियता बढाएकी छन् । निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले प्रधानमन्त्री कार्कीले आज प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक छलफल गर्दै छिन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको सर्वपक्षीय छलफलको निरन्तरतास्वरूप आजको बैठक बस्न लागेको हो । प्रधानमन्त्री सचिवालयका अनुसार, आज अपरान्ह ४ बजे हुने भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।

बैठकको वातावरण बनाउन सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार नै तीनै जना शीर्ष नेतालाई भेटेर निम्तो दिइसकेका छन् । मन्त्री खरेलले शीर्ष नेताहरूको निवासमै पुगेर निर्वाचनका लागि दलहरूबीच साझा धारणा बनाउन र विश्वासको वातावरण तयार पार्न आग्रह गरेका थिए ।

केही समयअघि चर्किएको ‘जेनजी आन्दोलन’ का क्रममा राजनीतिक दलका कार्यालयहरूमा भएको क्षति र त्यसपछि उब्जिएको सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सरकारले विशेष चासो देखाएको छ । नेकपा एमाले लगायतका दलहरूले शान्ति सुरक्षाको अवस्थालाई लिएर निर्वाचनमाथि प्रश्न उठाइरहेका बेला सरकारले दलहरूलाई आश्वस्त पार्ने प्रयास थालेको हो ।

यसै क्रममा सञ्चारमन्त्री खरेल र कानुन मन्त्री अनिलकुमार सिन्हाले पुस ८ र ९ गते एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा र जनमत पार्टी लगायतका कार्यालयमै पुगेर क्षतिको स्थलगत निरीक्षण गरेका थिए । सोही निरीक्षण र नेताहरूसँगको अनौपचारिक संवादपछि सरकारले आज शीर्ष तहमा औपचारिक छलफल अघि बढाउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४