Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बयान दिने लेखकको निर्णयपछि ओलीमाथि दबाब बढ्यो, आयोग पुग्लान् त?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ११ २०८२
  • 2.6K
    SHARES

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री रमेश लेखकले बयान दिने भएका छन्।

आयोगले बयानका लागि पत्र पठाएपछि लेखकले नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग परामर्श गरी आयोगमा उपस्थित हुने निर्णय गरेका हुन्। बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आगामी सोमबार आयोगमा उपस्थित भई आफ्नो भनाइ राख्ने जानकारी दिए।

उनले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे आफूलाई जानकारी भएका तथ्य, तत्कालीन निर्णय प्रक्रिया तथा सुरक्षा व्यवस्थासम्बन्धी विवरण आयोगसमक्ष प्रस्तुत गर्ने बताए। ‘सत्यतथ्य बाहिर ल्याउन आयोगलाई सघाउनु मेरो दायित्व हो,’ उनले भने।

भदौ २३ गते काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शन नियन्त्रण बाहिर जाँदा सुरक्षाकर्मीको गोली लागेर एकै दिन १९ जनाको मृत्यु भएको थियो। सरकारी तथ्याङ्कअनुसार आन्दोलनका क्रममा कुल ४५ जनाले ज्यान गुमाएका थिए। सोही दिन लेखकले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

उक्त घटनाका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आयोगमा बयान दिन नजाने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। स्रोतका अनुसार आयोगले पत्र पठाएपछि पनि ओलीले आयोगसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आवश्यक परे विशिष्ट व्यक्तिहरूको सुरक्षा र अवस्थालाई ध्यानमा राखी निवासमै पुगेर बयान लिने अभ्याससमेत गर्दै आएको छ। यस सन्दर्भमा आयोगका प्रतिनिधिहरू भक्तपुरको गुन्डुस्थित ओलीको निवासमा पुगेर बयान लिन सक्ने सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४