काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले चुनाव नलड्ने निर्णय सार्वजनिक गरेका हुन्।
पार्टीले उनलाई झापा–१ निर्वाचन क्षेत्रबाट सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा सिफारिस गरे पनि उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफू प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पारे।
पार्टीले दिएको विश्वास र सिफारिसप्रति आभार व्यक्त गर्दै शर्माले व्यक्तिगत चुनावी प्रतिस्पर्धाभन्दा पार्टी संगठन र समग्र राजनीतिक भूमिकालाई प्राथमिकता दिने बताए।