Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आकाशमा बादल लागेसँगै उपत्यकाको तापक्रममा वृद्धि, चिसो केही घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ७ २०८२
  • 3.7K
    SHARES

काठमाडौं । विगत केही दिनदेखि निरन्तर घटिरहेको काठमाडौँ उपत्यकाको तापक्रममा सोमबार उल्लेख्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार न्यूनतम तापक्रम झन्डै २ डिग्री सेल्सियसले बढेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ५ः४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस देखिएको छ । आइतबार सोही समयमा उपत्यकाको तापक्रम ५.६ डिग्री सेल्सियस मात्रै थियो, जुन बिहान ८ः४५ बजेको आधिकारिक मापनमा झरेर ५.५ डिग्री कायम भएको थियो ।

मौसमविद्हरूका अनुसार राति आकाशमा बादल लागेका कारण तापक्रम बढ्न पुगेको हो । “रातिको समयमा आकाश बादलले ढाकिएपछि पृथ्वीको ताप बाहिरिन पाउँदैन, जसले गर्दा न्यूनतम तापक्रम बढ्छ,” महाशाखाका एक मौसमविद्ले जानकारी दिए, “यदि रात सफा भएको भए तापक्रम अझै घट्ने सम्भावना रहन्थ्यो ।”

काठमाडौँ उपत्यकामा मात्र नभई देशका अन्य भागमा पनि तापक्रममा केही वृद्धि भएको महाशाखाले जनाएको छ । यद्यपि, बिहान ८ः४५ बजे गरिने आधिकारिक मापनमा भने ५ः४५ बजेको तुलनामा तापक्रम केही घट्न सक्ने सम्भावना रहन्छ ।

महाशाखाले दैनिक दुई पटक तापक्रमको आधिकारिक तथ्याङ्क सङ्कलन गर्ने गर्दछ । जसअनुसार बिहान ८ः४५ बजे न्यूनतम र बेलुका ५ः४५ बजे अधिकतम तापक्रम मापन गरिन्छ । सोमबारको अधिकतम तापक्रम कति रहनेछ भन्ने विवरण साँझ मात्र प्राप्त हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४