Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ६ २०८२
  • 3.5K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसमा आगामी निर्वाचनका लागि जिल्ला-जिल्लाबाट उम्मेदवारका आकांक्षीहरूको नाम प्रदेश हुँदै केन्द्रमा सिफारिसको काम चलिरहेको छ ।

जिल्लाले नाम सिफारिस गर्दा सबैभन्दा धेरै महामन्त्री गगनकुमार थापाको नाम सिफारिस भएको छ । थापा विभिन्न जिल्लासँगै तेह्रथुमबाट एकल सिफारिस भएका थिए ।तर, कोशी प्रदेश समितिले भने उनीसँगै सीता गुरुङको पनि नाम थपेर केन्द्रमा पठाएको छ । गुरुङ विघटित प्रतिनिधि सभामा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन जित्ने एकमात्र सदस्य थिइन् ।

कोशी प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले सीता गुरुङको नाम थपेर पठाइएको जानकारी दिए ।

उनले महामन्त्री र उनीनिटकहरूले ‘स्टन्ट’ गरिरहेको आरोप पनि लगाए । ‘महामन्त्री र उनका मान्छेहरूले स्टन्ट गरे । यसरी सिफारिस नै गर्ने हो भने शेरबहादुर देउवाको नाम सबै जिल्लाबाट हुन्थ्यो होला नि,’ उनले भने, शेखर कोइरालाको त्यस्तै हुन्थ्यो होला, पूर्णबहादुर खड्काको पनि कति जिल्लाबाट नाम आउँथ्यो होला । निर्वाचन र उम्मेदवार सिफारिसको विषयमा आफ्नो क्षेत्र जहाँ हो त्यहीँ आवश्यक राजनीति गरौँ । यसरी स्टन्ट गरेर पार्टीलाई राजनीतिक रुपमा फाइदा हुँदैन नि ।’

यसअघि सीता गुरुङको नाम जिल्लाबाट सिफारिस नहुनुमा पूर्वसांसद तुलसी सुब्बा समूह हाबी भएको त्यहाँस्थित केही नेता बताउँछन् ।

‘अघिल्लो चुनावमा तुलसी त सीतालाई हराउन भनेर लागेको मान्छे हो नि । अहिले उनले उम्मेदवार नै सिफारिस नहुने गरी जिल्लामा राजनीति गरेका हुन्,’ तेह्रथुम जिल्ला कार्यसमितिका एक पदाधिकारीले भने, ‘तुलसीलाई त अनुशासनको कारबाही पनि गरिएको छ । कारबाही फुकुवा पनि भएको छैन ।’

सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ थापाको मात्रै र समानुपातिकतर्फ भने तेह्रथुम कांग्रेसले कृष्णमान तुम्बाहाम्फे, डिल्लीराम नेपाल, विजय सम्बाहाम्फे, रुद्र कन्दङ्वा, बसन्ती सुब्बा गुरुङ, शारदा कोइराला र शनिषा भेटवालको नाम सिफारिस गरेको थियो । समानुपातिकतर्फ भने प्रदेशले पनि कुनै नाथ थपघट नगरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४