Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेस प्रदेशले आज नयाँ सभामुख पाउने, यादव र प्रसादबीच प्रतिस्पर्धा✍️


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ६ २०८२
  • 3.1K
    SHARES

जनकपुरधाम । करिब एक महिनादेखि नेतृत्वविहीन रहेको मधेस प्रदेशसभाले आज (आइतबार) नयाँ सभामुख पाउने भएको छ । गत मंसिर ३ गतेदेखि रिक्त रहेको यो पदपूर्तिका लागि आज दिउँसो १ बजे मतदान हुने कार्यतालिका छ ।

सभामुख चयनका लागि शनिबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता समीकरणमा रहेका सात दलका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादव र प्रमुख प्रतिपक्षी नेकपा एमालेका त्रिलोकी प्रसादले मनोनयन दर्ता गराएका हुन् ।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका फकिरा महतो रहेका छन् । सत्ता साझेदार दलहरूबीचको आन्तरिक सहमतिपछि यादवलाई साझा उम्मेदवारका रूपमा अघि सारिएको सिंहले बताए । उनले प्रदेशको विकास र राजनीतिक स्थिरताका लागि यो सहमति महत्वपूर्ण रहेको उल्लेख गरे ।

यता, एमालेका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावकमा शारदादेवी थापा र समर्थकमा जयचन्द्र प्रसाद पटेल छन् । दुवै प्रस्तावक र समर्थक एमालेकै प्रदेशसभा सदस्य रहेको प्रदेशसभा सचिवालयले जानकारी दियो ।

तत्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि मधेसमा सभामुखको पद खाली भएको थियो । मण्डलविरुद्ध कात्तिक २६ गते नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका ७६ जना सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । सोही प्रक्रियाअन्तर्गत उनलाई मंसिर ३ गते बहुमतबाट पदमुक्त गरिएको थियो ।

नयाँ सभामुखको निर्वाचनसँगै मधेस प्रदेशको संसदीय गतिविधि र सरकार सञ्चालनमा थप सहजता आउने अपेक्षा गरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ नेतृत्वको चयनले प्रदेशको प्रशासनिक निर्णय र दलहरूबीचको सहकार्यलाई नयाँ गति दिनेछ । निर्वाचन सम्पन्न भएलगत्तै नवनिर्वाचित सभामुखले आफ्नो कार्यभार सम्हाल्ने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४