Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ: कार्की सरकार गठन ओलीको सिफारिसमा आधारित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १४ २०८२
  • 4.3K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको लिखित सिफारिस र सहमति प्रमुख आधार भएको स्पष्ट गरेका छन् ।

राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा सरकार गठन संविधानको मर्मअनुसार र राजनीतिक दलहरूको परामर्शमा गरिएको दाबी गरेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार, प्रधानमन्त्री ओलीले कार्कीको नेतृत्वमा सरकार गठनका लागि सिफारिस गरेको भन्ने कुरा गलत भएको दाबी गरेका छन् । ओलीले सरकार गठनविरुद्ध बारम्बार संवैधानिक प्रश्न उठाएपछि राष्ट्रपति कार्यालयले अब यसबारे स्पष्टिकरण दिएको हो ।

राष्ट्रपति कार्यालयका सचिव डा. दीपक काफ्लेले सर्वोच्च अदालतमा पठाएको जवाफमा विषम र असाधारण परिस्थितिमा संविधानको पालना र राष्ट्रीय एकता प्रवर्धन गर्ने उद्देश्यले उक्त निर्णय गरिएको उल्लेख छ । ‘राजनीतिक दलहरू र सरोकारवालासँगको परामर्शपछि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गरेको हो,’ काफ्लेले भने ।

उक्त जवाफमा तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसको आधारमा, ६ महिनाभित्र नयाँ प्रतिनिधिसभा चुनाव गराउने उद्देश्यसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको छ ।

तर, ओलीले भने आफूले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गरेको कुरा नकार्दै यसलाई गलत भन्दै आएका छन् । उनले सरकारको संवैधानिक हैसियतलाई समेत प्रश्न उठाएका छन् ।

सर्वोच्च अदालतले यससम्बन्धी १६ वटा रिटको सुनुवाइ गरिरहेको छ, जसमा सरकार गठन र प्रतिनिधिसभा विघटनको कानूनी वैधता माथि बहस भइरहेको छ । १२ कात्तिकमा सर्वोच्च अदालतको संवैधानिक इजलासले यस मुद्दामा सबै पक्षबाट लिखित जवाफ मागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४