Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि र छविको सहकारी ठगी मुद्दामा आज पेसी, उच्च अदालतमा बहसको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ५ २०८२
  • 5.1K
    SHARES

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको बहुचर्चित सहकारी ठगी तथा संगठित अपराध अभियोगसम्बन्धी मुद्दामा आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पेसी तोकिएको छ ।

गत हप्ता न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, मिसिल प्राप्त भएसँगै आज पेसी चढाइएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको सोही आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

यसअघि नै अदालतले लामिछाने र जोशीको मुद्दालाई एकसाथ हेर्ने आदेश दिएको थियो । आज पेसी तोकिएसँगै दुवै पक्षका कानून व्यवसायीहरू बहसका लागि तयारीमा जुटेका छन् । उच्च अदालतको यो सुनुवाइले मुद्दाको भविष्य निर्धारण गर्ने भएकाले सबैको ध्यान यसमा केन्द्रित छ । आजको सुनुवाइले लामिछानेको राजनीतिक भविष्य र न्यायिक प्रक्रियामा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४