Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ५ २०८२
  • 3.7K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. मंसिर ०४, २०८२ । इ.सन् 20 Nov, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (कछलागा) । सिद्धार्थी संवत्सर दक्षिणायन हेमन्त ऋतु । बिहीबार मार्ग कृष्णपक्ष । तिथि औंसी, ११:०८ बजेपछि प्रतिपदा । नक्षत्र विशाखा, १०:५६ बजेपछि अनुराधा । योग शोभन, १०:४६ बजेपछि अतिगण्ड । करण नाग, ११:०८ बजेपछि किंस्तुघ्न, २४:१३ बजेउप्रान्त वव । चन्द्रराशि वृश्चिक । योग (आनन्दादि) प्रवर्द्ध । दिनमान १०:३८ । सूर्योदय ६:३० । सूर्यास्त १७:०८ । दिन विशेष : औँस, स्नानदान गर्ने र हलो बार्ने ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बाध्यतामा अलमलिनुपर्दा मन खिन्न हुनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका काममा धेरै समय खर्चनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक कामले यात्राको अवसर दिलाउन सक्छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको मार्गदर्शन अनुचित लाग्नेछ। कुनै कमजोर विकल्प अँगाल्नाले ठूलाे अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पुरुषार्थी कामले नाम, दाम र इनाम दिलाउन सक्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। आस मारेको नतिजा समेत सकारात्मक हुन सक्छ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। चल-अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ। वादविवादको समय छ, विचारलाई तौलेर व्यक्त गर्नुहोला।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयमा सजग नहुँदा महत्त्वाकांक्षी योजना बिग्रन सक्छ। व्यवहारमा केही चुनौती देखा पर्नेछन् भने अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला। तापनि मिहिनेत गर्दा पछिका लागि केही काम गर्न सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसापट भने पाइनेछ। लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट प्रशस्त नाफा हुनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हाेला। नयाँ काम गर्न समयले साथ दिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। पहिलेको सफलताले पति थप अवसर दिलाउन सक्छ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न अवसर प्राप्त भए पनि प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४