Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालाचतुर्दशी : शिवालयहरूमा शतबीज छर्नेहरूको भीड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ४ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीको पावन अवसरमा आज बिहानै पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा दिवंगत पितृहरूको सद्गतिको कामना गर्दै शतबीज छर्ने कार्य सम्पन्न भएको छ । रातभर दीपदान गरी बसेका भक्तजनहरूले बिहानैदेखि पशुपति क्षेत्रमा भेला भई शतबीज छरेका हुन् ।

सूर्य उदाउँदै गर्दा पशुपतिको पवित्र भूमिमा छरिएको शतबीजले आध्यात्मिक ऊर्जा र पितृभक्तिको अनुपम दृश्य सिर्जना गरेको थियो । ‘ओम नमः शिवाय’ को जयघोषसहित भक्तजनहरूले मृगस्थली, श्लेषमान्तक वन लगायतका क्षेत्रमा सात प्रकारका अन्न (धान, जौ, गहुँ, चना, तिल, कागुनो र मकै) मिसाएर तयार पारिएको शतबीज छरेका छन् । यसरी शतबीज छर्दा पितृहरूले मोक्ष प्राप्त गर्ने र उनीहरूको आत्माले शान्ति पाउने धार्मिक विश्वास छ ।

पशुपति क्षेत्रमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो । लाखौंको संख्यामा उपस्थित श्रद्धालुहरूले लामो लाइनमा बसेर दीपदान, पूजाअर्चना र शतबीज छरेका छन् । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागबाट आएका भक्तजनहरूले परिवारका दिवंगत सदस्यहरूको सम्झनामा शतबीज छरेर श्रद्धा व्यक्त गरेका छन् ।

बालाचतुर्दशी पर्व विशेषगरी पितृको मोक्षका लागि महत्वपूर्ण मानिन्छ । यस दिन शतबीज छर्नाले पितृहरूले वैतरणी नदी तर्ने र स्वर्गमा बास पाउने जनविश्वास रहिआएको छ । यसै परम्परालाई निरन्तरता दिँदै आज पनि भक्तजनहरूले उत्साहका साथ यो पर्व मनाएका छन् ।

पशुपति विकास कोषले बालाचतुर्दशीका लागि विशेष व्यवस्था मिलाएको थियो। सुरक्षाकर्मी र स्वयम्सेवकहरू परिचालन गरी भक्तजनको भीडलाई व्यवस्थित गरिएको थियो । यद्यपि, मातापिता दिवंगत भई एक वर्ष पूरा नभएका अर्थात् बरखी बारेकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने धर्मशास्त्रविद्हरूले स्मरण गराएका छन् । शतबीज छरेपछि भक्तजनहरूले वासुकी र गुह्येश्वरीको पनि पूजाअर्चना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४