Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तिलगंगादेखि मित्रपार्क, गुहेश्वरीदेखि गौशालासम्म मासु-मदिरा बेच्न प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २ २०८२
  • 3.6K
    SHARES

काठमाडौं । बालाचतुर्दशी (शतविजारोपण) पर्वकाअवसरमा पशुपति क्षेत्र आसपास मासु–मदिरा बेच्न प्रतिबन्ध लगाइएको छ ।

स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न निषेध गरेको हो ।

यही मंरिस ३ गते परेको बालाचतुर्दशी (शतविजारोपण) पर्वकाअवसरमा यस्तो निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए।

सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्ला कायम गरेर मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ।

सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चार किल्ला तोकिएका क्षेत्रः
पूर्वतर्फ- तिलगङ्गा र गुहेश्वरीतर्फको क्षेत्र
पश्चिमतर्फ- गौशाला, मित्रपार्क र चक्रपथ सडक
उत्तरतर्फ- मित्रपार्क, उमाकुण्ड, गौरीघाट, गुहेश्वरी सडक
दक्षिणतर्फ- गौशाला, तिलगङ्गा र चक्रपथ सडक

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४