Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वमन्त्री दिपक खड्काको ‘खड्का ल्याण्ड’मा पुग्यो महानगरको डोजर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २८ २०८२
  • 4K
    SHARES

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेका अनधिकृत संरचनामाथि काठमाडौं महानगरपालिकाले अन्ततः डोजर चलाएको छ । पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दिपक खड्काको कम्पनी ‘खड्का ल्याण्ड’ ले भोगचलन गरिरहेको उक्त जग्गामा निर्मित लैनचौर ब्याङ्क्वेट, माई च्वाइस रेस्टुरेन्ट र अन्य व्यावसायिक भवनहरूमाथि महानगरको डोजर चलेको हो ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले खड्का ल्याण्डलाई बहाल बक्यौता तिर्न पटकपटक ताकेता गरे पनि बेवास्ता गरिएपछि महानगरले एक्सन लिएको हो । पछिल्लो पटक ७ दिने अल्टिमेटमसहितको सूचना निकालेर बहाल बक्यौता नतिरे संरचनाहरू जफत गर्ने चेतावनी दिएको थियो । उक्त अल्टिमेटमको म्याद सकिएलगत्तै आज महानगर प्रहरी डोजरसहित घटनास्थलमा पुगेको थियो ।

२०६५ सालमा नेपाल स्काउटले भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट सञ्चालन गर्दै आएको थियो । यसका साथै ‘माई च्वाइस’ नामक रेस्टुरेन्ट र दुईवटा व्यावसायिक भवन पनि निर्माण गरिएका थिए । यी दुई व्यावसायिक भवनमध्ये पहिलो २०६३ सालमा र दोस्रो २०६४ सालमा टेन्डरमार्फत खड्का ल्याण्ड डेभलपमेन्टलाई दिइएको थियो। यी भवनहरूमा क्रमशः ३६ र १२ वटा पसलहरू भाडामा लगाइएको थियो।

कानुनी प्रक्रिया र पटकपटकको चेतावनीपछि पनि बहाल बक्यौता नतिरेपछि महानगरले बल प्रयोग गरेर अनधिकृत संरचना हटाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४