Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन केन्द्रित छलफलले निरन्तरता पाउने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २६ २०८२
  • 2.2K
    SHARES

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनका कारण दुई दिन स्थगित भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । आइतबार र सोमबारका लागि तोकिएको बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः सुरु हुनेछ ।

गत असोज २८ गतेदेखि जारी यस बैठकमा पार्टीको आसन्न १५ औँ महाधिवेशनका विषयमा गहन छलफल भइरहेको छ । महाधिवेशनको मिति निर्धारणका विषयमा केन्द्रीय सदस्यहरूबीच फरक-फरक धारणा र दृष्टिकोणहरू प्रस्तुत भइरहेका छन् ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, आजको बैठकमा महाधिवेशनको कार्यतालिका, सांगठनिक संरचना तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफलले निरन्तरता पाउनेछ । नेताहरूको निधनले पार्टीभित्र शोकको माहोल रहे पनि केन्द्रीय समितिको बैठकले पार्टीको महत्त्वपूर्ण एजेन्डालाई अगाडि बढाउनेछ ।

यसअघि, पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेसले दुई दिनका लागि बैठक स्थगित गरेको थियो । आजको बैठकबाट महाधिवेशनको कार्यदिशा र अन्य महत्त्वपूर्ण निर्णयहरू आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४