Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डको नाम जोडेर पोखरामा रिसोर्ट जलाउने ५ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २२ २०८२
  • 5K
    SHARES

पोखरा । पोखराको वरपिपल रिसोर्टमा भएको तोडफोड र आगजनीको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनको नाममा भएको यस आपराधिक उपद्रवमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले गहिरो अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा २९ वर्षीय रुपक नेपाली, ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीया एलिसा गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले पक्राउ परेका व्यक्तिहरू जेन-जी आन्दोलनका वास्तविक अभियानकर्ता नभई आपराधिक उपद्रवमा संलग्न रहेको जानकारी दिएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रुपक नेपालीले रिसोर्टमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगानी रहेको भ्रामक हल्ला फैलाएर भीडलाई उक्साएको र तोडफोड तथा आगजनी गराउन नेतृत्व गरेको खुलेको छ । नेपालीले पोखरा रंगशालामा युवाहरूलाई प्रशिक्षणसमेत दिने गरेको पाइएको छ ।

प्रहरीका अनुसार, रिसोर्ट लमजुङका जितु नामका व्यक्तिको स्वामित्वमा रहेको छ। पक्राउ परेकामध्ये खड्कबहादुर थापा पोखरा-१८ मै होटल व्यवसाय गर्दै आइरहेका छन् र उनी ‘केबीटी ट्राभल’ नामबाट सामाजिक सञ्जालमा सक्रिय छन् । यो घटनामा रिसोर्टमै काम गर्ने केही व्यक्तिहरू समेत आन्दोलनको दिन तोडफोड र आगजनीमा संलग्न रहेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४