Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दीपकको ‘खड्का ल्याण्ड’लाई बहाल चुक्ता गर्न ७ दिने अल्टिमेटम, नत्र सामान जफत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २१ २०८२
  • 4.9K
    SHARES

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा र त्यसमा निर्मित संरचना प्रयोग गरिरहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिलाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अल्टिमेटम दिएको छ । तोकिएको समयभित्र बक्यौता नबुझाएमा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गर्ने चेतावनी स्काउटले दिएको छ ।

आज प्रकाशित सार्वजनिक सूचना अनुसार, स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएकोमा भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ । यसैले, सात दिनभित्र बहालको बक्यौता रकम तिर्न यो अन्तिम मौका प्रदान गरिएको सूचनामा जनाइएको छ ।

सूचनामा भनिएको छ, ‘उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम र मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिनेछ र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ ।’

लामो समयदेखि कांग्रेस नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्याण्ड प्रालिले स्काउटको जग्गा ‘कब्जा’ गर्दै आएको आरोप लाग्दै आएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४