Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेको बयान लिने तयारीमा कार्की आयोग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १९ २०८२
  • 2.8K
    SHARES

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बाहिरिएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले लामिछानेसँग बयान लिने तयारी गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको यस आयोगले कारागार प्रमुख, सुरक्षाकर्मी लगायतसँग बयान लिइसकेपछि अब घटनाको केन्द्रमा रहेका लामिछानेसँग थप जानकारी लिने भएको हो ।

भदौ २४ गते लामिछाने कारागारबाट बाहिरिँदा उनले आफूसँग कारागारले नै दिएको पत्र रहेको दाबी गरेका थिए । तर, आयोगको बयानका क्रममा नख्खु कारागारका प्रमुख सत्यराज जोशीले लामिछानेलाई कुनै पनि पत्र नदिएको बताएका छन् । स्रोतका अनुसार जोशीले बयानमा ‘लामिछाने समर्थकले आफैं पत्र बनाएको, आफैं छाप हानेको र आफूलाई समेत धम्क्याएको’ खुलासा गरेका छन् । उनले यस विषयमा अन्य गम्भीर विवरणहरू पनि आयोगलाई दिएको बुझिएको छ ।

यसअघि, कारागारबाट निस्किएको केही समयपछि रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफू स्वेच्छाले नभई भिड बढेका कारण कारागारले जबरजस्ती बाहिर निकालेको बताएका थिए । उनले आफूले पत्रबिना नजाने अडान राखेको र कारागारले नै पत्र दिएको दाबी गर्दै उक्त पत्र सार्वजनिक समेत गरेका थिए । उनले प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरूलाई समेत आफूलाई नियन्त्रणमा लिन आग्रह गरेको तर उनीहरूले ‘सुरक्षा दिन नसकेको’ भन्दै सुरक्षित बस्न भनेको दाबी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४