Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेताहरूको सन्देश: नेपालीहरूबीच एकता र भाइचाराको प्रेरणा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ५ २०८२
  • 4.1K
    SHARES

काठमाडौँ । मुलुकका शीर्ष नेताहरूले तिहार पर्वको अवसरमा नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको भावना थप प्रगाढ बनोस् भन्ने कामना गरेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरी तिहार लगायतका पर्वले विविधता भित्र एकता कायम गर्न प्रेरणा दिने उल्लेख गरेका छन् । उनीहरूले समाजमा उज्यालो, सुशासन र समृद्धिको मार्ग प्रशस्त हुने आशा व्यक्त गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले तिहार नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने पर्व भएको बताएका छन् । यसले सबै जातजाति, भाषाभाषी र संस्कृतिलाई समेटेर साझा राष्ट्रिय भावना सुदृढ गर्ने उनको भनाई छ । राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको उल्लेख गरेका छन् ।

‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान् पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयत्न गरेको छ’, राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत ११४६ र छठ पर्वका अवसरमा शुभकामना दिँदै सबै नेपालीलाई शान्ति, समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न राष्ट्रिय एकता र दृढ सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् ।

उनले कठिन परिस्थितिमा एकताबद्ध रहने नेपालीको मौलिक संस्कृति भएको उल्लेख गर्दै सबै मिलेर अन्धकारको अन्त्य गर्दै उज्यालो नेपालको निर्माण गर्न लाग्नुपर्नेमा जोड दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता पनि जनाएकी छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले तिहार पर्वले नेपाली समाजमा सांस्कृतिक तथा भावनात्मक एकता सुदृढ गर्ने विश्वास व्यक्त गरे । उनले गणतन्त्रले विविध जाति, धर्म र समुदायका सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिएको उल्लेख गरेका छन् । यस्ता पर्वहरूले साङ्गठनिक र सामाजिक रूपमा अझ नजिक ल्याएको उनको भनाई छ ।

अध्यक्ष दाहालले तिहार पर्वमा पशुपक्षी र प्रकृति पूजनमार्फत मानव समाज र प्रकृतिबीचको सहअस्तित्व झल्किने उल्लेख गर्दै देउसी भैलो जस्ता सांस्कृतिक गतिविधिहरूले नेपाली संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेका छन् ।

तिहार पर्वले नेपाली मौलिकता, सांस्कृतिक समृद्धि र सामाजिक एकताको महत्त्व उजागर गर्दै नेपाली समाजमा आशा, उज्यालो र सहिष्णुताको सन्देश फैलाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४