Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कार्कीले बोलाएको बैठकमा एमालेबाट पोखरेल र ज्ञवाली जाने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ५ २०८२
  • 1.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका सम्बन्धमा आज दिउँसो राजनीतिक दलहरूसँग गर्न लागेको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएको छ ।

दिउँसो चार बजे बालुवाटारमा हुने यस छलफलमा एमालेले संसद् पुनर्स्थापनाको आफ्नो अडानलाई सशक्त रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोके पनि एमालेले भने मुलुकमा निर्वाचनको वातावरण नभएको भन्दै विघटित संसद् नै पुनर्स्थापना हुनुपर्ने अडान राख्दै आएको छ । एमालेको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पनि संसद् पुनर्स्थापनाको पक्षमा अभियान चलाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री कार्कीले विघटित संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएकी छिन् । यस बैठकलाई निर्वाचनको सन्दर्भमा राजनीतिक सहमति जुटाउने प्रयासका रूपमा हेरिएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार, प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा हाम्रो पार्टीबाट महासचिव पोखरेल र उपमहासचिव ज्ञवाली सहभागी हुने तय भएको छ । उहाँहरूले बैठकमा पार्टीको स्पष्ट धारणा राख्नुहुनेछ ।’

छलफलले आगामी राजनीतिक दिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । एकातिर सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ भने अर्कोतिर एमालेसहित केही दलहरू संसद् पुनर्स्थापनाको पक्षमा उभिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४